आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरू हुने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ असार ९

९ असार, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने निर्णय भएको छ ।

प्रतिनिधि सभा विघटन गर्दै जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन घोषणा गर्नुभएको थियो।आजबाट सोही कार्य विरूद्ध परेका रिटमा सुनुवाइ सुरु हुन लागेको हो ।

सर्वोच्चमा ३० रिट परेका मध्ये सबैभन्दा पहिला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहितको रिटमा सुनुवाइ हुने छ ।

देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने भन्दै १४६ जना सांसदले सर्वोच्च पुगेर रिट दायर गरेका थिए । देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो समर्थन रहेको भन्दै १४९ सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एमाले संसदीय दल र जनता समाजवादी पार्टीको संसदीय दलले आफूलाई प्रधानमन्त्रीमा समर्थन गरेको दाबी शितल निवासमा प्रस्तुत गरेका थिए । तर, राष्ट्रपतिले दुबै मागदाबी खारेज गर्दै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *