|
२०८२ माघ ४
नुक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका धम्कीपूर्ण अभिव्यक्तिको विरोधमा ग्रिनल्यान्डको राजधानी नुकमा शनिबार हजारौँ नागरिकले विशाल प्रदर्शन गरेका छन्।
कडाकेको चिसोबीच प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा फहराउँदै ‘ग्रिनल्यान्ड बिक्रीका लागि होइन’ भन्ने नारा लगाए र अमेरिकी वाणिज्य दूतावाससम्म पदयात्रा गरे। ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकाले नियन्त्रणमा लिनुपर्ने धारणा दोहोर्याउँदै आएका कारण जनआक्रोश बढेको हो।
स्थानीय अधिकारीहरूका अनुसार यो प्रदर्शन ग्रिनल्यान्डको इतिहासमै सबैभन्दा ठूलो हो। प्रदर्शनमा सहभागीहरूले स्वशासन, सार्वभौमिकता र सांस्कृतिक पहिचानको संरक्षणको माग गरेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्