फागुनको निर्वाचनका लागि एमालेले स्याङ्जामा उम्मेदवार टुङ्ग्यायो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ४

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ।

पार्टीले स्याङ्जा निर्वाचन क्षेत्र नं १ बाट मीनप्रसाद गुरुङ र क्षेत्र नं २ बाट खिमबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। गुरुङ गण्डकी प्रदेशसभाका पूर्वसदस्य हुन् र यसअघि एमाले स्याङ्जा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। उनी विभिन्न सामाजिक तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै आएका नेता मानिन्छन्।

त्यस्तै, क्षेत्र नं २ बाट उम्मेदवार बनेका खिमबहादुर थापा हाल कालीगण्डकी गाउँपालिकाका अध्यक्ष हुन्। उनी २०७४ र २०७९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएका थिए। प्रतिनिधिसभा सदस्यमा उम्मेदवार चयन भएपछि गाउँपालिका अध्यक्ष पदबाट राजीनामा दिएर निर्वाचन केन्द्रित गतिविधिमा लाग्ने उनले बताएका छन्।

स्याङ्जामा निर्वाचन कार्यालय स्थापना भइसकेको छ र चुनावी गतिविधि तीव्र बन्दै गएको छ। जिल्लामा एमालेसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र)बीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यसपटक स्याङ्जामा दुई लाख ४८ हजारभन्दा बढी मतदाताले मतदान गर्न पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *