प्रतिनिधिसभा चुनाव: झापा–५ बाट नेकपाले रञ्जित तामाङलाई अघि सार्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट युवा नेता रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ।

झापा–५ मा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला नेकपाले स्थानीय पृष्ठभूमि भएका तामाङलाई चुनावी मैदानमा उतारेको हो। पार्टी संयोजक पुष्पकमल दाहालले शनिबार तामाङलाई निवासमै बोलाएर उम्मेदवारीको टिकट प्रदान गरेका थिए।

उम्मेदवारीपछि प्रतिक्रिया दिँदै तामाङले आफू जन्मेको, हुर्केको र राजनीतिक यात्रा सुरु गरेको क्षेत्र झापा–५ भएकाले यही क्षेत्रका जनताको सेवाका लागि चुनाव लड्ने बताए। उनले स्थानीय भूगोल र जनताको आवश्यकता बुझ्ने उम्मेदवारका रूपमा आफूलाई अघि सारिएको दाबीसमेत गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *