भ्यान–स्कुटर ठक्कर, एकको मृत्यु, एक घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ३

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–११ आश्रम चोकमा शुक्रबार साँझ पिकअप भ्यान र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार युवक घाइते भएका छन्।

धारापानीबाट दलदलेतर्फ जाँदै गरेको पिकअप भ्यान र विपरीत दिशाबाट आउँदै गरेको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको हो। घाइते चालक २६ वर्षीय चेतनबहादुर खड्काको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटर पछाडि सवार २१ वर्षीय नारायण परियारको उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *