वार्मअप खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाण्डौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअघिको दुई वटै वार्मअप खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भयो ।

नेपालले दिएको १ सय ३७ रनको लक्ष्य अमेरिकाले १९ ओभर १ बलमा भेटायो । अमेरिकाकी चेतना रेड्डीले नटआउट ५६ रन बनाइन् । नेपालका सुमन विष्ट, रिया शर्मा र रुबिना क्षेत्रीले १र१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन बनायो । नेपाल पहिलो वार्मअप खेलमा आयरल्यान्डसँग ९९ रनले पराजित भएको थियो ।

आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट पर्सिदेखि नेपालमा शुरू हुँदैछ । प्रतियोगिताका खेलहरू त्रिवि मैदान र माथिल्लो मूलपानी मैदानमा हुनेछन् । समूह चरणमा नेपालका चार वटै खेल त्रिवि मैदानमा हुनेछन् ।

तालिकाअनुसार नेपालले पहिलो खेलमा माघ ४ गते थाइल्यान्डसँग, दोस्रो खेलमा माघ ८ गते नेदरल्यान्ड्ससँग, तेस्रो खेलमा माघ १० गते जिम्बावेसँग र चौथो खेलमा माघ १२ गते स्कटल्यान्डसँग खेल्नेछ । १० वटा टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *