|
२०८२ पुष २९
मुस्ताङ । मुस्ताङमा बढ्दो अत्यधिक चिसोका कारण विकास निर्माणका काम पूर्ण रूपमा प्रभावित भएका छन्। हिउँदयाम सुरु भएसँगै पाँचवटै स्थानीय तहमा सञ्चालित सडक, पुल र अन्य पूर्वाधारका योजना रोकिएका हुन्।
बेनी–जोमसोम–कोरला राष्ट्रिय गौरवको सडकअन्तर्गत सडक कालोपत्रे र पुल निर्माण चिसोका कारण स्थगित गरिएको आयोजना कार्यालयले जनाएको छ। माइनस २० डिग्रीसम्म तापक्रम झरेकाले उपकरण चलाउन र निर्माण कार्य अघि बढाउन नसकिएको बताइएको छ।
संघ, प्रदेश र स्थानीय तहका दर्जनौँ योजनासमेत रोकिएका छन्। चिसोका कारण कर्मचारी र स्थानीय बासिन्दा पनि बेँसीतर्फ झर्न थालेका छन्। चिसो कम भएपछि चैत–वैशाखतिर मात्र निर्माण कार्य पुनः सुरु हुने अनुमान गरिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्