काठमाडौं–४ मा राजु पाण्डेको तयारी, बालेनसँगै राजीनामाको संकेत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २९

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बन्ने तयारीमा देखिएका छन्। मेयर बालेन शाहसँगै पदबाट राजीनामा दिने तयारीमा रहेको बालेन निकट स्रोतको दाबी छ।

सेतोपाटीसँग कुरा गर्दै पाण्डेले मेयर शाहले पद छाडेपछि आफू महानगरमा नबस्ने बताएका छन्। यद्यपि, काठमाडौं–४ बाट उम्मेदवारी दिने विषयमा भने उनले स्पष्ट जवाफ दिएका छैनन्।

काठमाडौं–४ बाट हाल नेपाली कांग्रेसका महामन्त्री गगन थापा लगातार निर्वाचित हुँदै आएका छन् र यसपटक पनि चुनाव लड्ने तयारीमा छन्। बालेनले पाण्डेलाई गगन थापासँग भिडाउने चाहना राखेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *