राजेन्द्र लिङ्देनले रवि लामिछानेलाई पृथ्वी जयन्तीको निमन्त्रणा दिए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २४

काठमाण्डौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

आज बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले भेटवार्ता गरेका हुन् । भेटका क्रममा उनले लामिछानेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् ।

यही पुस २७ गते राप्रपाले राष्ट्रिय एकता दिवसका रुपमा पृथ्वी जयन्ती मनाउँदैछ । त्यस अवसरमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।

यसका साथै २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका बारेमा पनि छलफल भएको भेटवार्तामा सहभागी राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *