|
२०८२ पुष २३
काठमाडौँ । कोशी प्रदेशबाट नेपाली कांग्रेसका राष्ट्रिय सभा उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
अन्य समूहमा कसैको पनि उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन् । उनले उम्मेदवारी दिएको क्लस्टरमा अरू कसैको उम्मेदवारी नपरेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थ अधिकारीले एकल उम्मेदवारी परेकाले थापा निर्विरोध निर्वाचित भएको जानकारी दिए । हाल औपचारिक रूपमा निर्वाचित घोषणा नभए पनि एकल उम्मेदवारीका कारण निर्विरोध भएको उनले बताए ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच तालमेल भएको छ । सम्झौताअनुसार कांग्रेसले ९ सिट र एमालेले ८ सिट लिएका छन् ।
एक सिटमा भने दुवै दलले महन्थ ठाकुरलाई समर्थन गर्ने बताएका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्