पर्साको वीरगञ्जमा निषेधाज्ञा जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २१

काठमाण्डौँ । पर्साको वीरगञ्जमा दुई समुदाय प्रदर्शनमा उत्रिएपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।

वीरगञ्ज उपमहानगरपालिकाका चार स्थानमा सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञा आज दिउँसो १ बजेदेखि लागू गरिएको छ। विभिन्न चार स्थान बसपार्क (पूर्व), सिर्सिया पुल (पश्चिम), पावर हाउस चौक ९उत्तर० र शंकराचार्य गेट ९दक्षिण० बीचको क्षेत्रमा सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न रोक लगाइएको छ ।

धनुषाको कमला नगरपालिका-६ स्थित सखुवामा हिन्दु-मुस्लिमबीच भएको विवादका कारण वीरगञ्जमा दुई समुदाय प्रदर्शनमा उत्रिएका छन् । मस्जिद तोडफोड, आगजनीलगायतका घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए ।

त्यस्तै हिन्दुको मन्दिर तथा देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *