|
२०८२ पुष १७
काठमाण्डौँ । विभागीय क्लब नेपाल पुलिस क्लबले एनभीए भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनल यात्र तय गरेको छ । पुलिसले सेमिफाइनलमा हेल्प नेपाल स्पोर्ट्स क्लबको सामना गर्नेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा पुलिसले कोशी प्रदेश भलिबल संघविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो । पुलिसले खेल २५–१९, २५–१७, २५–१८ ले आफ्नो पक्षमा परेको हो ।
पुलिस समूह ‘बी’ को विजेता तथा कोशी समूह ‘डी’ को उपविजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेका थिए । हेल्प नेपालले बुधबारै सम्पन्न पहिलो क्वार्टरडफाइनलमा बूढानीलकण्ठ भलिबल क्लबलाई २५–१३, २५–२३, २५–१८ हराउँदै अन्तिम चारको यात्र तय गरेको हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्