|
पुस १६, २०८२
काठमाण्डौँ । अन्तिम खेलमा रोमाञ्चक जित निकाल्दै कोशी प्रदेश नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
अन्तिम ८ मा पुग्ने कोशी अन्तिम नै टोली हो । योसँगै पुरुषतर्पको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार सम्पन्न समूह ‘सी’ को खेलमा कोशीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सेटमा पराजित गरेको हो । योसँगै कोशी समूहको उपविजेता बन्यो। कोशी पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो ।
आर्मी समूह विजेता बन्दै अन्तिम ८ मा पुग्दा कीर्तिपुर भने जितविहीन हुँदै बाहिरिएको छ। योसँगै कोशीले सेमिफाइनल पुग्न नेपाल पुलिस क्लबसँग खेल्ने भएको छ ।
पुलिस समूह ‘बी’को विजेता हो । टोलीले ढोरपाटन क्लब र खिल्जी युवा क्लबलाई पराजित गरेको थियो ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्