न्यु डाइमन्ड स्पोर्ट्स क्लब अन्तिम चार नजिक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १४

काठमाण्डौँ । लगातार दोस्रो जित निकाल्दै न्यु डाइमन्ड स्पोर्ट्स क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलनजिक पुगेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारनजिक पुगेको हो ।

जितसँगै समूह ‘ए’ मा रहेको न्यु डाइमन्डले ६ अंक पुर्‍याएको छ । टोलीले पहिलो खेलमा चुली युवा क्लबलाई सोझो सेटमा हराएको थियो ।

लिग चरण सक्काएको आर्मीको पनि समान ६ अंक छ। आर्मीले एभरेस्ट भलिबल क्लब र चुलीलाई सोझो सेटमा पाखा लगाएको थियो। अब न्यु डाइमन्डले अन्तिम खेलम एभरेस्टको चुनौतीको सामना गर्नेछ ।

चुलीले एभरेस्टसँग एक खेल खेल्न बाँकी छ। एभरेस्टले भने चुली र न्यु डाइमन्डसँग खेल्न बाँकी नै छ। त्यसैले यो समूहबाट सेमिफाइनल पुग्ने टोलीको टुंगो भने न्यु डाइमन्ड र एभरेस्टबीचको खेलको नतिजाले तय गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *