आर्मी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १४

काठमाण्डौँ । लगातार दोस्रो जित निकाल्दै त्रिभुवन आर्मी क्लब नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न समूह ‘डी’को खेलमा कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

जितसँगै आर्मीले ६ अंक बनाएको छ । पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

कीर्तिपुरको भने यो पहिलो खेल हो । पहिलो सेट २५–१९ ले जितेको आर्मीले त्यसपछिका दुई सेट २५–२१ ले आफ्नो बनायो ।

आर्मीले अब समूह ‘ए’को एपीएफ र मणिमुकुन्द भलिबल क्लबबीचको विजेतासँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *