|
२०८२ पुष ११
काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०८२ आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन महिला र पुरुषतर्फ दुई–दुई खेल हुँदैछन्।
प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ टोली सहभागी छन्। समूह चरणपछि पुरुषतर्फ शीर्ष ८ र महिलातर्फ शीर्ष ६ टोली पीएम कप एनभीए राष्ट्रिय लिगका लागि छनोट हुनेछन्।
कुल ३६ खेल हुने यस प्रतियोगितामा महिला र पुरुष दुवै विजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता एनभीए लिग र काभा क्लब च्याम्पियनसिप छनोटका लागि महत्वपूर्ण मानिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्