|
२०८२ पुष १०
काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुन तथा चाँदी दुवैको मूल्यमा घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।
यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर तोलामा ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्