काठमाण्डौँ । अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ ।
यस दिन ३.२७ अंकले नेप्से परिसूचक बढेको हो । सो वृद्धिपछि नेप्से २५८४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि १२ : २८ बजे २५६९ अंकसम्म झरेर दिनभरको न्यूनतम विन्दु तय भयो ।
कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४२ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ८ को स्थिर रह्यो ।
अन्य समूह सूचक सबैभन्दा धेरै १.२८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.१०, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२९, उत्पादन तथा प्रशोधन ०.२५, माइक्रोफाइनान्स ०.१७ प्रतिशत बढे । व्यापार स्थिर रहँदा निर्जीवन बीमा ०.१६, जीवन बीमा ०.७९, लगानी ०।३४ तथा विकास बैंक ०.१६ प्रतिशत घटे ।
एसवाई प्यानलको मूल्य सबैभन्दा धेरै ७.०१ प्रतिशत बढ्यो । त्यस्तै गुराँस लघुवित्तको ६.०१, सयपत्री हाइड्रोपावरको ५.९६, ग्रामिण विकास लघुवित्तको ५.८५ प्रतिशत मूल्य बढ्यो ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्