काठमाण्डौँ । क्रिकेटर शेर मल्लले राष्ट्रिय टिममा सहभागी हुँदै नेपाललाई विश्वकप जिताउन मन लागेको बताएका छन् ।
एनपीएल दोस्रो सिजनमा लुम्बिनीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका मल्लले विश्वकप उपाधि जित्ने सपना पूरा गर्न मिहिनेत जारी राख्ने बताएका हुन् ।
बोलन्या थली धनगढीले शनिबार आयोजना गरेको एक कार्यक्रममा मल्लले खेलमा निखार ल्याउन आगामी दिनमा अझै मिहिनेत गर्ने बताए ।
राष्ट्रिय टिममा छनोटमा पर्ने÷नपर्ने कुरा आफ्नो हातमा नरहेको बताउँदै उनी भन्छ, ‘म त जहिले पनि पोजेटिभ नै सोच्छु, जे कुरा पनि मेरो लागि पोजेटिभ नै हुन्छ भनेर ।’
‘नेशनल टिमका लागि खेल्न पाउँदा प्राउड फिल हुन्छ । वल्र्डकप खेल्ने सपना हुन्छ सबैजनाको,’ उनले अगाडि भने, ‘आगामी दिनमा के गर्ने भनेर मेरो फोकस जहिले पनि त्यसमा नै हुन्छ । हुन त सेलेक्सनको पार्ट मेरो हातमा छैन । तर जे हुन्छ राम्रोका लागि हुन्छ ।’
गत मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एनपीएलको दोस्रो सिजनमा मल्लले १७ विकेट लिएका थिए ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्