स्वास्थ्य केन्द्रहरुमा कामना सेवा विकास बैकद्वारा वाटर प्यूरिफायर तथा डिस्पेन्सर प्रदान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३

काठमाण्डौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा स्थित दमक नगरपालिका ५ को आधारभूत स्वास्थ्य केन्द्र र कमल गाउँपालिका ५ का सामुदायिक स्वास्थ्य केन्द्र सिम्लेलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले दमक नगरपालिका ५ का वडा अध्यक्ष इन्द्र गुरुङ र कमल गाउँपालिका ५ का वडा अध्यक्ष लाल बहादुर बिष्टलाई १/१ थान वाटर प्यूरिफायर र डिस्पेन्सर हस्तान्तरण गरेका हुन् ।

बैंकको यस सहयोगबाट वडामा सेवा लिन आउने सबैजना लाभान्वित हुने विश्वास वडा अध्यक्ष गुरुङ तथ बिष्टले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद पनि ज्ञापन गरे । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष तथा वडा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *