|
२०८२ पुष ३
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा सबै प्रतिनिधिले मत हाल्न सकेनन्। कुल २२६३ प्रतिनिधिमध्ये २२२७ मत मात्र खसेको छ भने ३६ प्रतिनिधि अनुपस्थित रहे।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। मतदान प्रक्रिया विद्युतीय प्रणालीमार्फत सम्पन्न भएको थियो।
मतदान नगर्नेहरूमा केन्द्रीय कमिटी, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, विभिन्न विभाग तथा जिल्ला र प्रवासका प्रतिनिधिहरू रहेका छन्। केही प्रतिनिधि उपस्थित भए पनि मतदान कार्ड नहुँदा मत हाल्न नसकेको जनाइएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्