रवि र छविको मुद्दा आज पनि स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । रास्वपा सभापति रवि लामिछाने र सहकारी सञ्चालक छविलाल जोशी सम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दा आज पनि स्थगित भएको छ ।
न्यायाधीश सागर विष्टका आफन्त नै मुद्दाका जाहेरवाला वकिल भएकाले हितबिरोध हुने कारण अदालतले हेर्न नमिल्नेमा राखिएको हो ।

दुवैजनामाथि १० करोड ९९ लाख रुपैयाँ ठगीको सामूहिक बिगो कायम गरिएको छ र दुवै पुर्पक्षका लागि थुनामा छन् ।

लामिछानेलाई भैरहवाबाट नख्खु कारागार सारिएको छ भने जोशी भैरहवामै छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *