आज देशभर सामान्यतया स्थिर मौसम, केही पहाडी भागमा मात्र आंशिक बदली

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १८

काठमाडौँ । देशभर आज कुनै विशेष मौसमी प्रणाली सक्रिय नभएकाले समग्र मौसम सामान्यरूपमै स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहानैदेखि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा हल्का—हल्का बादल देखिन सक्छन् भने देशका अन्य भूभागमा आकाश प्रायः खुला रहनेछ।

दिउँसोतर्फ कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली रहने अनुमान गरिएको छ। यद्यपि, यी क्षेत्रबाहेक देशका अधिकांश स्थानहरूमा मौसम सफैँसुग्गै रहने महाशाखाको पूर्वानुमान छ।

रातिको समयमा भने देशभरै मौसम स्थिर र सफा रहने अपेक्षा गरिएको छ। मौसममा कुनै उल्लेखनीय परिवर्तन नहुने भएकाले हिँडडुल तथा सामान्य गतिविधिमा असर पर्ने सम्भावना छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *