एनपिएलमा विदेशी ब्याट्सम्यानको दबदबा, बलिङमा नेपाली चम्किए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १७

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा विदेशी खेलाडीले ब्याटिङमा प्रभुत्व कायम राखेका छन्। मङ्सिर १ गतेदेखि कीर्तिपुर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा हालसम्म तीन शतक प्रहार भएका छन्, ती सबै विदेशी खेलाडीले।

पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध ५५ बलमा शतक प्रहार गर्दै टोलीलाई ३४ रनले जिताएका थिए। यसअघि कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पूरा गरेका थिए। पहिलो संस्करणमा अमेरिकी आन्द्रिज गोउसले एक शतक प्रहार गरेका थिए।

अर्धशतकमा पनि विदेशी खेलाडी अग्रस्थानमा छन्। २६ अर्धशतक मध्ये १७ विदेशी खेलाडीले हिर्काएका छन्। सर्वाधिक रनको सूचीमा पनि विदेशी खेलाडी नै शीर्षमा छन्।

तर बलिङमा भने नेपाली खेलाडीले वर्चश्व कायम गरेका छन्। सुदूरपश्चिमका अभिनाश बोहरा पाँच खेलमा ११ विकेटसहित शीर्ष स्थानमा छन्। विराटनगरका सन्दीप लामिछाने दोस्रो स्थानमा छन्।

एनपिएलमा हालसम्म विराटनगर किङ्सले सबैभन्दा उच्च २२० रन बनाएको छ भने सबैभन्दा कम स्कोर चितवनको ८९ रन हो। प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *