तिलिचो तालछेउमा नेपाली महिला रेस्लर भगवतीको विश्व कीर्तिमान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ११

काठमाडौँ । नेपालकी पहिलो महिला रेस्लर भगवती खड्काले तिलिचो तालछेउमा रेस्लिङ महाभिडन्त गरी विश्व कीर्तिमान कायम गरिन्। नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा मनाङको नेस्याङ गाउँपालिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा गरे।

भगवतीले यसअघि पनि ५,६४४ मिटरको कालापत्थरमा रेस्लिङ खेल्दै कीर्तिमान बनाएकी थिइन्। यस पटक युुनिका (भगवती) र अस्मिता सुनार (जुरेली) ले जित सुनिश्चित गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भए।

भिडन्तमा रेफ्रीको भूमिका कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) ले निर्वाह गरे। दोस्रो खेलमा पनि कृष्णबहादुर मगर विजयी भए। कार्यक्रममा नेस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले र मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौडेल उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *