काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा देशका विभिन्न आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार ती कार्यक्रमबाट ६०२ युनिट रगत संकलन भएको छ।
बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौंको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम गरेको थियो।
रेग्मीका अनुसार यस वार्षिकोत्सवका अवसरमा बैंकले १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेको छ। ती कार्यक्रमअन्तर्गत देशका १६ स्थानका विद्यालयमा शैक्षिक सामग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिनलगायत सामग्री वितरण गरिएको छ। त्यसैगरी श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाइ सामग्री, मातातीर्थ वृद्धाश्रम समिति, चन्द्रागिरि, काठमाडौंलाई खाद्यान्न सामग्री र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ।
बैंकले ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ शनिबार गरिमा रोड रेस कार्यक्रम पनि आयोजना गरेको थियो, जसमा एक हजारभन्दा बढी धावकको सहभागिता रहेको थियो। रेग्मीका अनुसार बैंकले यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमलाई निरन्तरता दिने योजना राखेको छ र रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्