काठमाण्डौँ । काठमाण्डौंबाट खाँदबारी जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
मध्यपहाडी लोकमार्गमा अन्तर्गत धनकुटाको पाख्रिबास नगरपालिका–५, भैँसेमा बा.४ ख ५५०२ नम्बरको सप्तकोसी हाइस अनियन्त्रित भई सडकबाट करिब ६०–७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी संखुवासभा, सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेतीको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला अस्पताल धनकुटामा प्रारम्भिक उपचारपछि गम्भीर अवस्थाका दुई घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा धनकुटा महालक्ष्मीका प्रहरी जवान सुजता गिरी, संखुवासभा सिलिचुङका संगिता राई, नरेन्द्र राई, लमु शेर्पा, निर्जला राई, बिनिता राई, जेसन राई , सन्त बहादुर तामाङ, पासाङ शेर्पा ,रत्नबहादुर विक र दिपेन्द्र बुढाथोकी रहेका छन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्