काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो बैंकिङ तथा गैर–बैंकिङ गतिविधिमा धितो सुरक्षणमा रहेका र लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण उपलब्ध गराउने उद्देश्यले नयाँ अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले सञ्चालनमा ल्याएको https://auctionassistance.nicasiabank.com पोर्टलमार्फत लिलाममा रहेका सम्पत्तिहरूको कित्तानम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचान जस्ता सम्पूर्ण विवरण एकै ठाउँबाट हेर्न सकिने सुविधा उपलब्ध गराइएको छ।
ग्राहकहरूले लिलामसम्बन्धी सूचनामा राखिएको QR कोड स्क्यान गरी सो पोर्टलमा सजिलै प्रवेश गर्न सक्ने व्यवस्था बैंकले गरेको छ। साथै, कुनै सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत नाम, इमेल, मोबाइल नम्बर र ठेगाना राखी सोधपुछ गर्न सकिने सुविधा पनि छ।
बैंकका अनुसार पोर्टलमा बैंकिङ, गैर–बैंकिङ तथा धितो सुरक्षणमा रहेका लिलाम योग्य सम्पत्तिहरू नियमित रूपमा प्रकाशन गरिनेछन्। यसले लिलाममा राखिएका सम्पत्तिहरूबारे विस्तृत विवरण सहज र पारदर्शी रूपमा पाउन चाहने ग्राहकहरूलाई थप सुविधा मिल्ने बैंकको विश्वास छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्