प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बोलाइएको मन्त्रिपरिषद् बैठक ११ बजे बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ १५

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले जनाए अनुसार बैठक बिहान ११ बजे बस्ने निर्णय भएको हो । 

अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषण सार्वजनिक गर्नेु अघि उक्त मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। अपराह्न ४ बजे बजेट सार्वजनिक गर्ने तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । 

प्रतिनिधि सभा विघटन गरेपछि पनि सरकारले जेठ १५ गते नै अध्यादेशमार्फत बजेट ल्याउन लागेको हो । आजको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेशमार्फत ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *