|
२०७८ जेष्ठ १४
रुसमा गत मार्च महिनामा कोरोना भाइरसविरुद्ध जनावरलाई दिइने विश्वको पहिलो खोप दर्ता गरिएको घोषणा पश्चात जानवरहरुमा उक्त खोप लगाउने प्रक्रियाको सुरुवात भएको छ।
पशुस्वास्थ्य सेवाको निगरानी गर्ने निकाय रोस्सेलखोज्नाद्जोरले बताए अनुसार देशका विभिन्न भेगमा भेटरिनरी क्लिनिकहरूमा खोप दिन शुरु गरिएको हो।
वैज्ञानिकहरूले हाल मानिसहरूमा कोरोना फैलाउन जनावरहरूले खास भूमिका खेलेको भन्ने कुनै प्रमाण नभेटिएको बताएका छन्।
तर विश्वभरि विभिन्न प्रजातिका जनावर जस्तै कुकुर, बिराला, चिम्पान्जीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ। जनावरलाई दिइने कार्निभ्याक-कोभ लगाएपछि झन्डै छ महिनासम्म प्रतिरक्षा प्रणाली बलियो हुने बताइएको छ।
उक्त निकायका अनुसार कार्निभ्याक-कोभ खोपप्रति ईयू, आर्जेन्टिना, दक्षिण कोरिया र जापानले पनि चासो देखाएका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्