सोलुखुम्बुको देउसामा उत्पादन भएको फूल पहिलोपटक काठमाण्डौंमा बिक्री गरियो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा पहिलोपटक व्यावसायिक रूपमा उत्पादन गरिएको फूल काठमाण्डौंमा बिक्री गरिएको छ ।

उक्त फूल बिक्रीपश्चात प्राप्त रकम वडा कार्यालयले स्थानीय उत्पादक किसानहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिएका छन् ।

यस वर्ष कुल ७१ घरधुरीले फूल उत्पादन गरी बजारका लागि उपलब्ध गराएका थिए । उत्पादन गर्ने घरधुरीमध्ये प्रत्येकले न्यूनतम ३०० रुपैयाँदेखि अधिकतम २० हजार रुपैयाँसम्म आम्दानी गरेका छन् । यसलाई स्थानीयस्तरमै आर्थिक क्रियाकलाप सशक्त बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको वडा अध्यक्ष कार्कीले बताए ।

फूल उत्पादन अभियानमा संलग्न स्थानीय कृषक, बजारसम्म पु¥याउन सहयोग गर्ने दाउ दाम र स्वर्णिम टोल विकास संस्थाका पदाधिकारीहरूलाई वडाले धन्यवाद प्रकट गरेको छ ।

यसैगरि, पहिलोपटक “कृषि एम्बुलेन्स” को अवधारणा लिएर प्राविधिक तथा व्यवस्थापकीय सहयोग पु¥याउनुहुने गाउँपालिका अध्यक्ष असिम राईलाई विशेष आभार व्यक्त गरिएको कार्कीले बताएका छन् । आगामी वर्ष फूल उत्पादनलाई अझ व्यवस्थित र ठूलो परिमाणमा विस्तार गर्ने योजना वडा कार्यालयले बनाएको छ।

यसले स्थानीय रोजगारी, आम्दानी र गाउँको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *