बहुमतको सरकारका लागि दाबी नगर्ने माओवादी केन्द्रको निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख ३०

काठमाडौं । नेकपा माओवादी केन्द्रले बहुमतको सरकारको दाबी नगर्ने निर्णय गरेको छ । संविधानको धारा ७६ (२) अनुसार दाबी गर्नका लागि बहुमत नपुग्ने भएकाले बिहीबार बसेको स्थायी कमिटी बैठकले दाबी नगर्ने निष्कर्ष निकालेको जनाइएको छ।

“हामी एमाले नेता माधव कुमार नेपाल पक्षकाे निर्णय कुरेका थियौँ । उहाँहरूको निर्णयले हाम्रो निर्णय प्रभावित भयो अब बहुमतको सरकार दाबी गदैनौँ,” स्थायी कमिटी सदस्य गणेश साहले बताए।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच आज भएको भेटवार्तामा माधव समूहले राजीनामा नदिए बहुमतको सरकारको दाबी नगर्ने समझदारी भएको साहले बताए । 

एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भएको भेटपछि आफूहरुको राजीनामा टरेको बताएका थिए ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल नेपाल समूहको निर्णय आएपछि आफूहरुले निर्णय गर्ने बताएका थिए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *