रास्वपाले कात्तिक १५ भित्र उम्मेदवारको तयारी सुरु गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २४

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ कात्तिकभित्र उम्मेदवारको तयारी सुुरु गर्ने भएको छ । २२ र २४ असोजमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्री विपीनकुमार आचार्यलाई जिम्मेवारी दिइएको छ ।

एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न आचार्यलाई तोकिएको छ । प्रदेश सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय रास्वपाले गरेको छ ।

उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको अवधि तोकिएको छ । कार्यदलको सुझावको आधारमा कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

उपसभापति डा.स्वर्णिम वाग्लेलाई उच्च संवाद समितिको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Javier4481

    October 10, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *