आफुलाई पक्राउ गरेर देखाउन गृहमन्त्रीलाई महेश बस्नेतको चुनौती

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

काठमाण्डौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई चुनौती दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले आन्दोलनकारीका तर्फबाट जेजनी आन्दोलनमा हतियार प्रयोग भएको दाबी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारबाट मुक्त गराउन गएका सो पार्टीका नेताहरू डीपी अर्याल, मनिष झा,ज्वाला सङ्ग्रौलाको बारेमा छानबिन हुनुपर्ने बस्नेतको भनाइ छ ।

‘त्यसपछि भागेका १४ हजार कैदी कहाँ छन् ? ५ सय चौकी जलाउने क्रममा १२ हजार हतियार लुटिएका छन्, २० हजार गोली लुटिएका छन् ती कहाँ छन् ?’, उनले साम्राज्यवादी शक्तिले पुन नेपालीमाथि आक्रमण हुनसक्ने पनि बताएका छन् ।

डिस्कर्ड चलाउने, प्रहरीलाई जिउँदै जलाउनेलाई कारबाही गर्नुको साटो गृहमन्त्री भने सुदन गुरुङलाई गुलेली खेलाउन लगाएर बसेको, कुलमान घिसिङ उठौतीमा लागेको भन्दै उनीहरूमाथि पनि छानबिन गर्नुपर्ने बस्नेतको भनाइ छ ।

उनले आफूलाई समातेर देखाउन चुनौती दिँदै आफू विधिको शासनको लागि जेल जान तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *