दसैँपछि सुनको मूल्य ह्वात्तै बढ्यो, तोलामा २ लाख ३० हजार नाघ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

काठमाण्डौँ । दसैँको केही दिन बन्द भएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि सुचारु भएको छ । असोज १२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि असोज १२ मा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी असोज १२ मा २ हजार ८ सय १० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९ सय ३० रुपैयाँ पुगेको छ। आइतबार कायम भएको सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *