माओवादी केन्द्रद्वारा सबै पार्टी कार्यालयमा हेल्प डेस्क, विपद् व्यवस्थापनमा सक्रियता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १९

१९ असोज, काठमाडौं।  नेकपा माओवादी केन्द्रले देशभरका सबै पार्टी कार्यालयमा हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश अध्यक्षमार्फत सबै कमिटीलाई उद्धार, राहत र पुनःस्थापनामा सक्रिय हुन निर्देशन दिएका छन्।


प्रचण्डले सबै राजनीतिक दल, सामाजिक संस्था र नागरिक समाजलाई आपसी मतभेद बिर्सेर विपद् प्रभावितको सहयोगमा जुट्न अपिल गरेका छन्।

युवा कम्युनिष्ट लिग (वाईसीएल) का कार्यकर्ताहरू पहिल्यैदेखि सक्रिय रहेको बताइएको छ।
संघ, प्रदेश र स्थानीय तहलाई युद्धस्तरमा समन्वय गर्न पनि प्रचण्डले विशेष आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *