वीरगन्ज, पर्सा — वीरगन्जमा जारी दसैं मेलामा मंगलबार राति दुइ समूहबीच भएको ग्याङ फाइटमा एक युवकको मृत्यु भएको छ।
पर्सा प्रहरीले दिएको जानकारी अनुसार मेलामा पसल राख्ने विषयमा उत्पन्न विवाद हिंसात्मक बनेपछि २० वर्षीय ‘गोल्डेन’ नामले चिनिएका (पूरा सनाखत हुन बाँकी) युवकको मृत्यु भएको हो।
प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको पहिलो दिन नै दुई समूहबीच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सोही विवाद राति झगडामा परिणत हुँदा गोल्डेनमाथि भाटोले आक्रमण गरिएको थियो। गम्भीर घाइते उनलाई नारायणी अस्पताल लगिए पनि उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। अनुसन्धान जारी रहेकाले उनीहरूको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन।
डिएसपी बस्नेतले वास्तविक कारण पत्ता लगाउन सूक्ष्म अनुसन्धान सुरु गरिएको बताए। मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्