|
२०८२ आश्विन १२
रुकुमबाट दाङ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको गाडी सल्यानको कपुरकोट–३ चोरखोला क्षेत्रमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको थियो । दुर्घटनामा एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।
एक महिला र एक पुरुष गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि दाङ लगिएको छ । मृतक र घाइतेहरूको विवरण खुल्न बाँकी छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्