सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने माओवादी अध्यक्ष प्रचण्डको घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन १०

काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सम्पत्ति छानबिन आयोग गठन गर्ने बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा पार्टीका सबै नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव नै प्रस्तुत भएको थियो ।

केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा प्रस्तुत प्रस्तावहरूमाथि सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहको निष्कर्ष प्रस्तुत गर्दै यस्तो प्रस्ताव राखेका थिए ।

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहका तर्फबाट हरि ज्ञवाली अखण्डले निष्कर्षहरू प्रस्तुत गरेका थिए । जसमा एउटा बुँदामा माओवादी नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठनको प्रस्ताव रहेको छ ।

जवाफमा प्रचण्डले माओवादीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *