|
२०८२ आश्विन ८
काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीले केन्द्रीय कमिटी विघटन गर्ने भएको छ । केन्द्रीय कमिटी भंग गरी विशेष महाधिवेशन आयोजक समिति बनाउने तयारी गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी भंग गर्ने र विशेष महाधिवेशन आयोजक समिति बनाउने एजेन्डा केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । केन्द्रीय कमिटी विघटनसँगै प्रचण्डको नेतृत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन हुनेछ ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकले केन्द्रीय कमिटी भंग गर्ने र विशेष महाधिवेशन आयोजक समिति बनाउने एजेन्डा केन्द्रीय कमिटीमा लैजाने बताएका छन् । माओवादीको केन्द्रीय कमिटी बैठक ९ भदौमा बस्दै छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्