बालेनको कडा चेतावनी : छात्रवृत्ति नदिने स्कुलको अनुमति खारेज गरिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौं —काठमाडौं महानगरपालिकाले तोकिएको मापदण्डअनुसार छात्रवृत्ति नदिने निजी विद्यालयहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।

मेयर बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै नियम विपरीत जाने शैक्षिक संस्थाको अनुमति नै खारेज गरिने स्पष्ट पारेका छन्।

उनका अनुसार, महानगरपालिकाको पहलमा पछिल्लो तीन वर्षमा ५२ हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्तिको लाभ लिएका छन्। मेयर शाहले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, पहिलो वर्ष १३ हजार, दोस्रो वर्ष १९ हजार, र चालु वर्षमा २० हजार २८२ जनाले छात्रवृत्ति पाएका छन्।

मेयर शाहले सबै विद्यालयलाई कानूनको पालना गर्न आग्रह गर्दै छात्रवृत्ति दिने जिम्मेवारी नटेर्ने स्कुलहरूलाई कानुनी दायरामा ल्याइने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *