काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (मंगलबार) बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दैछ। बैठकमा पार्टीका ६ वटा प्रमुख कार्यसूचीमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे गहन छलफल हुनेछ। साथै, सातै प्रदेशबाट आएका प्रतिवेदनहरू प्रदेश सभापतिहरूले बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
झाका अनुसार हालको परिवर्तित राजनीतिक परिप्रेक्ष्यमा केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राख्ने समय समेत बैठकमा दिइनेछ।
पार्टी संगठन तथा विभागसँग सम्बन्धित विषय पनि चौथो कार्यसूचीमा समावेश छ। यस अन्तर्गत केही रिक्त विभागहरूमा पदपूर्ति गरिने सम्भावना रहेको छ।
बैठकको पाँचौं एजेन्डामा आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको रणनीति र तयारीबारे छलफल गरिनेछ।
यसैगरी बैठकमा पार्टीको पहिलो महाधिवेशनबारे पनि विशेष छलफल हुने भएको छ। रास्वपाले महाधिवेशन फागुन ७, ८, र ९ गते गर्ने निर्णय गरिसकेको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्