काठमाण्डौँ । अघिल्लो कारोबार दिन बिहीबार ६ प्रतिशतसम्म घटेर समयअगावै बन्द भएको बजार आइतबार भने उच्च अंकले बढेको छ ।
आइतबार सेयर बजार परिसूचक नेप्से ४.४४ प्रतिशत १११ अंक०ले बढेर २६ सय विन्दु माथि आएको छ । बजार बन्द हुँदा नेप्से २६२३ विन्दुमा आएको हो ।
भदौ २३ र २४ गतेको प्रदर्शनपछि लगानीकर्ता अत्तालिदा सेयर बजार सूचक नप्से उच्च अंकले घटेको थियो । तर, पछिल्लो समय सरकारले बजार सुधारको लागि कार्यदल नै बनाएपछि लगानीकर्ताको मनोविज्ञान दरिलो बन्दै गएको हो । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले सेयर बजारमा अहिले देखिएको समस्या समाधानको लागि कार्यदल बनाएको छ ।
त्यस्तै, सेयर बजारमा पछिल्लो समय लाग्दै आएको अन्तिम समयको कारोबारको आधारमा गरिने परिसूचक गणना विधि आइतबारबाट हटाउने निर्णय भएको छ। आइतबार परिक्षणको रूपमा र अर्को दिनको कारोबारबाट पुर्ण रूपमा यो विधि हटाइने भएको हो ।
लगानीकर्ताहरूले यो विधि हटाउनुपर्ने माग राख्दै आएका थिए । सरकार र नियामकहरूको प्रयास पछि बजारले सकारात्मक बाटो समातेको हो ।
यस दिन उच्च रकमको कारोबार भएको छ । बिहीबार दिनभर जम्मा करिब सात मिनेट मात्र कारोबार हुन सकेको थियो । सोही कारण बिहीबार ७२ करोड रूपैयाँको मात्रै सेयर किनबेच भएको थियो ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्