|
२०८२ आश्विन ५
काठमाडौँ — निर्माण व्यवसायी महासङ्घले उपभोक्ता समितिले विकास निर्माण क्षेत्रमा भ्रष्टाचार बढाएको आरोप लगाउँदै सो समिति खारेज गर्न सरकारसँग माग गरेको छ।
महासङ्घका अध्यक्ष रवि सिंहले सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर उपभोक्ता समितिले बजेटको ४०–५० प्रतिशत रकम हिनामिना गरेको बताए।
सिंहले भ्रष्टाचार नियन्त्रणका लागि विकास निर्माणका सबै काम ठेक्कामार्फत गर्नुपर्ने जोड दिए भने, समयमै काम नपुरा गर्ने योजना ठेक्का रद्द गर्नुपर्ने आवश्यकतामा जोड दिए। मन्त्री घिसिङले पनि ठेक्का लिएर लामो समयसम्म काम नगर्ने परियोजना खारेज गरिने बताए र पारदर्शी काम गर्ने ठेकेदारलाई सरकार सहयोग गर्ने बताए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्