|
२०८२ आश्विन ५
गरिमा विकास बैंकले ‘गरिमा डिजी बटुवा’ मोबाइल एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। फोनपे नेटवर्कसँगको सहकार्यमा सुरु गरिएको यो सुविधाबाट ग्राहकले न्यूनतम १० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्मको क्रेडिट लिमिट पाउन सक्नेछन्।
ग्राहकले नजिकको शाखामा गई फारम भरिसकेपछि मोबाइल एपमै सेवा सक्रिय गर्न सकिन्छ। यो कार्डमार्फत फोनपे नेटवर्कमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर सजिलै भुक्तानी गर्न सकिनेछ। ४५ दिनसम्म ब्याजबिना रकम उपयोग गर्न सकिने तथा १०% वा १००% भुक्तानी गर्ने सुविधा पनि उपलब्ध छ।
भौतिक कार्डको झन्झट बिना सुरक्षित र सहज डिजिटल बैंकिङ अनुभव दिन यो सेवा सुरु गरिएको बैंकले जनाएको छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्