जेनजी आन्दोलनमा ताकीताकी गोली हान्न आदेश थिएन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ३

३ असोज, काठमाडौं — निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी युवा आन्दोलनमा प्रदर्शनकारीहरूमाथि ताकीताकी गोली हान्न सरकार वा सुरक्षाकर्मीलाई कुनै आदेश नदिएको दाबी गरेका छन्।

भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलनमा सुरक्षाकर्मीको गोलीबाट ७४ जनाको मृत्यु भएको थियो। तीमध्ये धेरैको टाउको र छातीमा गोली लागेको पुष्टि भएको छ।

संविधान दिवसका अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै ओलीले आन्दोलनमा ‘घुसपैठ’ भएको र त्यसकै कारण हिंसा मच्चिएको बताएका छन्। उनले भने, “शान्तिपूर्ण प्रदर्शन भनिएको आन्दोलनमा षड्यन्त्रकारी घुसपैठ भयो, जसले हिंसा गर्‍यो। सरकारको तर्फबाट गोली हान्ने आदेश थिएन।”

ओलीका अनुसार सुरक्षाकर्मीले प्रयोग नगर्ने स्वचालित हतियार प्रयोग भएर गोली चलाइएको देखिएको छ। उनले यस विषयमा गम्भीर छानबिन हुनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

सरकार छाडेर सैनिक व्यारेकमा नौ दिन बसेपछि ओली भक्तपुरको गुण्डुस्थित एक घरमा भाडामा बसेका छन्। सोही स्थानबाट उनले आफ्नो वक्तव्य जारी गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *