जेनजी आन्दोलनको असर पुँजी बजारमा १६० अंकले गरावट

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २

काठमाण्डौँ । विध्वंसात्मक जेनजी प्रदर्शनपछि खुलेको नेप्से परिसूचक नकारात्मक सर्किट ब्रेक लागेर आजका लागि बन्द भएको छ ।

बिहीबार नेप्से परिसूचक ६ प्रतिशत घटेर तेस्रो सर्किट ब्रेक लागेसँगै आजको लागि सेयर कारोबार बन्द भएको छ ।

सात दिनपछि खुलेको नेप्से सुरुमा नै नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेट बन्द भएर पुनः दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लागेसँगै नेप्से परिसूचक ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक २० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा फेरि ५ प्रतिशत घटेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । नियमित बजार खुलेको २ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

प्रि ओपन सेसनमा नै नेप्से साढे ३४ अंकले घटेको थियो । नियमित कारोबार खुलेको २ मिनेटमा नै १०७.०४ अंक घटेर नकारात्मक सर्किट लागेको थियो ।

गत भदौ २३ गते ३५.९९ अंक घटेर २६७२।२५ विन्दुमा बन्द भएको नेप्से सात दिन पछि कारोबार हुँदा १६०.३३ अंकले घटेर २५११.९१ विन्दुमा झरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *