|
२०८२ भाद्र ३१
काठमाडौं, असोज ६ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८२ सालको दशैं पर्वका लागि महत्वपूर्ण तिथिहरू र साइतहरू सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भु प्रसाद ढकालका अनुसार यस वर्षको घटस्थापनाको साइत असोज ६ गते सोमबार बिहान ९:१३ बजे रहेको छ। त्यसैगरी, टीकाको शुभसाइत असोज १६ गते बिहीबार बिहान ११:५३ बजे रहेको छ।
विजयादशमीका प्रमुख साइतहरू यस प्रकार छन्:
- असोज ६ गते सोमबार – नवरात्रारम्भ, घटस्थापना बिहान ९:१३ बजे
- असोज ७ गते मङ्गलबार – झण्डा फेर्ने साइत बिहान ९:५३ बजे (पूर्व मोहडा)
- असोज ११ गते शनिवार – श्रीपचलीभैरव यात्रा
- असोज १३ गते सोमबार – फूलपाती तथा श्री तुलजाभवानी यात्रा बिहान ७:१७ बजे
- असोज १४ गते मङ्गलबार – महाष्टमी, कालरात्रि
- असोज १५ गते बुधवार – महानवमी, स्थिरासनको साइत बिहान ९:२३ बजे
- असोज १६ गते बिहीबार –
- विजया दशमी
- देवी विसर्जन बिहान ९:२३ बजे
- टीका लगाउने शुभसाइत बिहान ११:५३ बजे (पूर्व मोहडा)
- श्री तुलजाभवानी यात्रा दिउँसो १२:१९ बजे
- स्थिरासन दिउँसो १:१७ बजे
- खड्ग यात्रा
- असोज २० गते सोमबार – अखिल बलिपूर्ति, कोजाग्रत व्रत तथा पूर्णिमा व्रत
नेपालभर दसैंलाई प्रमुख धार्मिक, सांस्कृतिक तथा पारिवारिक रूपमा मनाइने पर्वका रूपमा लिइन्छ। साइतअनुसार दशैंको प्रत्येक दिनमा गरिने पूजाआजा, यात्रा, तथा अन्य अनुष्ठानले विशेष धार्मिक महत्व राख्दछ।




दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्