प्रशासनको चेतावनीपछि सुन तस्करी प्रकरणका गोरे फर्किए जेल

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २७

जेन-जी आन्दोलनका क्रममा जेलबाट भागेका सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती (गोरे) केन्द्रीय कारागार फर्किएका छन्।

उनी मंगलबार आन्दोलनको बेलामा जेलबाट फरार भएका थिए। गृह मन्त्रालयले जेलबाट फरार भएका सबै कैदीहरूलाई तुरुन्त कारागार फर्कन उर्दी जारी गर्दै, नफर्किए कडा कानुनी कारबाही हुने चेतावनी दिएको थियो।

सो उर्दी जारी भएको तेस्रो दिन गोरे काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारमा उपस्थित भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *