नयाँ दिल्ली – दिल्ली उच्च अदालतमा बम राखिएको भन्ने धम्कीपूर्ण सूचना प्राप्त भएपछि शुक्रबार अपराह्न अदालत परिसरमा ठूलो हंगामा मच्चिएको छ। धम्की आउनासाथ सुरक्षा सतर्कता अपनाउँदै तत्कालै अदालत खाली गराइएको थियो।
सूचना अनुसार, बम राखिएको धम्कीपूर्ण इमेल उच्च अदालतका रजिस्ट्रार जनरल अरुण भारद्वाजको आधिकारिक मेलमा आएको हो। मेल प्राप्त हुनासाथ अदालतमा रहेका न्यायाधीशहरूले केही समयका लागि सम्पूर्ण अदालती कारबाही स्थगित गरेका थिए।
दिल्ली प्रहरीले घटनाको गम्भीरताका साथ अनुसन्धान सुरु गर्दै अदालत परिसर खाली गराएको हो। सुरक्षा एजेन्सीहरूले अदालतको पुरानो भवनमा रहेका सम्पूर्ण कर्मचारीलाई तुरुन्तै बाहिर निस्कन आदेश दिएका थिए।
हाल घटनास्थलमा सुरक्षा निकायहरू सक्रिय रूपमा जाँचमा जुटिरहेका छन्। अदालतको कामकाज आज दिउँसो साढे २ बजेपछि मात्र पुनः सुचारु गरिने जानकारी दिइएको छ।
धम्की कसले पठाएको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट भइसकेको छैन, तर यसबारे थप अनुसन्धान भइरहेको दिल्ली प्रहरीले जनाएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्